रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु
काठमाडौं । रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
बिहीबार साँझ फतुवा विजयपुर नगरपालिका-५ डुमरिया बस्ने ४५ वर्षीय मुक्ति नारायण पटेलको मृत्यु भएको हो । आफ्नै खेतमा सिञ्चाईका लागि विद्युतीय मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको बताएको छ ।

















