sevenstartv.com १९ साउन २०८३, मङ्गलवार

काठमाडौंवासीले घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

४ असोज २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । काठमाडौंवासीले घटस्थापना अघि नै मेलम्चीको पानी पाउने भएका छन् । काठमाडौंमा मेलम्चीको पानी पथान्तरणका लागि तयारी अन्तिम चरणमा पुगेको छ । दशैँअघि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिएका छन् ।

बाढीको सम्भावना कम भएसँगै काठमाडौंमा पानी वितरण गर्ने योजना अनुसार तयारी भइरहेको छ । काठमाडौं उपत्यकामा पानीको माग दैनिक ४३ करोड लिटर रहेको र मेलम्चीबाट गत असार १० गते अघिसम्म १७ करोड लिटर पानी ल्याइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । 

सिन्धुपाल्चोकको मेलम्ची नदीबाट अब दैनिक करिब २० करोड लिटर पानी ल्याउन लागिएको छ । काठमाडौंमा बाह्रै महिना पानी ल्याउन मिल्नेगरी अहिले भएको स्थानबाट माथितर्फ सर्कथली क्षेत्रमा आठ सय मिटर दूरीमा ‘इन्टेक’ सार्ने तयारी  भइरहेको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्