sevenstartv.com २१ साउन २०८३, बिहिवार

नौबिसे-काठमाडौं सडक अवरुद्ध

११ असोज २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । अविरल वर्षासँगै पहिरो झर्दा नौबिसे-काठमाडौं सडक अवरुद्ध भएको छ ।

सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो । पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ ।

बाटो बन्द हुँदा सवारी साधन र तिनमा सवार यात्रुबीच बाटोमै रोकिएका छन् ।अत्यधिक वर्षाले पहिरो झरेर क्षति पुग्न सक्ने भएकाले असोज ११–१२ गते दुई दिन हिमाली र पहाडी जिल्लामा रात्रि बस नचलाउन सरकारले अनुरोध गरेको छ ।

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्