sevenstartv.com २१ साउन २०८३, बिहिवार

तिलगंगामा एक जनाको शव फेला

१३ असोज २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । राजधानीको तिलगंगामा एक जनाको शव फेला परेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ८ स्थित तिलगंगाको क्रियापुत्री घर पछाडि बागमतीको पुलमा सशस्त्र प्रहरीको टोलीले शव फेला पारेको हो ।

सशस्त्र प्रहरी  बल मन्दिर सुरक्षा बेस पशुपतिनाथबाट खटिएको टोलीले उक्त शव फेला पारेको हो । उक्त शवको सनाखत हुन बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्