sevenstartv.com २३ साउन २०८३, शनिवार

पहिरोका कारण एम्बुलेन्सबीच बाटोमै रोकिँदा दुई बिरामीको मृत्यु

१३ असोज २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । पहिरोका कारण एम्बुलेन्सबीच बाटोमै रोकिँदा दुई बिरामीको मृत्यु भएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका-४ घर भएकी ९४ वर्षीया टीकाकुमारी भुजेल र महोत्तरीको बर्दिवास नगरपालिका-८ का ४५ वर्षीय मानबहादुर सिंजालीको मृत्यु भएको हो । उनीहरू शुक्रबारदेखि नै सिन्धुलीको सुनकोशी गाउँपालिका-१ दुम्जास्थित टुपी डाँडा भन्ने ठाउँमा एम्बुलेन्स अड्किएका थिए ।

मृत्यु हुने बिरामी मध्ये सिंजाली मिर्गौलाको बिरामी रहेको पाइएको छ  । भुजेललाई बा२१च ७५२३ नम्बरको र सिंजालीलाई ज१च १७०८ नम्बरको एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौं ल्याइँदै थियो ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्