sevenstartv.com २४ साउन २०८३, आइतवार

गौशाला धर्मशालाको विवादका बारेमा छलफल गर्न बोलाइएको पशुपति कोष सञ्चालक परिषद्को बैठक स्थगित

४ कार्तिक २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । पशुपति गौशाला धर्मशालाको विवादका बारेमा छलफल गर्न बोलाइएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक स्थगित भएको छ ।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको आह्वानमा बैठक बस्ने भनिएपनि उच्च अदालत पाटनमा यसबारेमा मुद्दा विचाराधीन रहेकाले बैठक स्थगित भएको हो । 

कात्तिक २ गते गौशाला धर्मशाला विवादमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश डालकुमार खड्काको एकल इजलासले पहिलो सुनुवाइ गर्दै शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त मुद्दामा अन्तरिम आदेशका लागि छलफल गर्न सोमबारका लागि पेसी तोकिएको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्