sevenstartv.com २६ साउन २०८३, मङ्गलवार

संसदीय सुनुवाई समितिद्वारा सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डे अनुमोदित

२३ कार्तिक २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । सर्वोच्च अदालतका लागि प्रश्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम अनुमोदन भएको छ । 
संसदीय सुनुवाई समितिको शुक्रवार सिंहदरबारमा बसेको बैठकले प्रश्तावित न्यायाधीश निरौला र पाण्डेको नाम अनुमोदन गरेको हो । योग्यता, क्षमता र अनुभवसमेतको आधारमा निरौला र पाण्डे दुवैको नाम अनुमोदन गर्ने निर्णय गरिएको समितिका ज्येष्ठ सदस्य पशुपतिसमशेर जबराले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली, २०८० तथा संसदीय सुनुवाई समितिको कार्यविधि २०८० बमोजिम समितिमा सुनुवाई गर्दा योग्यता, क्षमता र अनुभवसमेतको आधारमा सोही नियमावली नियम २६ को उपनियम ५ बमोजिम नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तीको लागि अनुमोदन गर्ने भनि आजको बैठकले निर्णय गरेको व्यहोरो जानकारी गराउँदछु ।’

संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि सर्वोच्च अदालतका प्रश्तावित न्यायाधीशलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्