sevenstartv.com २६ साउन २०८३, मङ्गलवार

झोलुङ्गे पुलको पर्खाल भत्किँदा चार जनाको मृत्यु

१६ मंसिर २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा चार जनाको मृत्यु भएको छ ।

आज बिहान ९ः५० बजे सुनछहरी गाउँपालिका वडा नम्बर ३ बाहिरी गाममा पर्खाल भत्किएर पुरिँदा सोही ठाउँका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार र २७ वर्षीया आईती परियारको मृत्यु भएको हो । 

पर्खाल लगाउने क्रममा माटोको ढिस्को खसेर पुरिँदा पाँच जना पुरिएका थिए । दुई जना भने भाग्न सफल भएका थिए । प्रहरीले मृत्यु भएका चार जनालाई बाहिर निकालेको र पुरिएका भनिएका अर्का एक जनाको खोजी भइरहेको जनाएको छ ।

मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुलका लागि एलबी एण्ड पल्लभी जक्सन जेभी निर्माण सेवाले जिम्मा लिएको थियो ।

 


 

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्