sevenstartv.com २७ साउन २०८३, बुधवार

बाजुरामा वर्षासँगै हिमपात

२४ मंसिर २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । बाजुरामा गएरातिदेखि वर्षासँगै हिमपात भएको छ । मौसम बदली भएर वर्षाभएसँगै लेकाली भेगमा हिमपात शुरु भएको हो । हिमाली गाउँपालिकाको बिच्छ्या, रुगिन, बाँधु, स्वामीकार्तिको जुकोट, जगन्नाथ गाउँपालिकाको गोत्री क्षेत्रमा हिमपात भएको बताइएको छ ।

यसैगरी गौमूलको दहकोट, मानाकोट, बूढीनन्दाको कुरु, पाण्डुसैन, खप्तड छेडेदहको काँडा, जयबागेश्वरी, बडीमालिका रजाली, मार्तडी, ढम्कनेलगायत क्षेत्रका अग्ला भागमा हिमपातले डाँडा  सेताम्मे भएका छन् ।

वर्षासँगै हिमपात भएपछि कृषक खुशी भएका छन् । गहुँ बालीमा पानी नपर्दा सुक्न थालेका वेला वर्षा आएपछि किसानलाई राहत पुगेको जनाइएको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्