sevenstartv.com ९ असोज २०८३, शुक्रवार

चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

१८ चैत २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । बाजुरामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।

खप्तड छेडेदह गाउँपालिका-३ धुर्तोलाका ८ वर्षीय विजय रावतको आइतबार साँझ चितुवाको आक्रमणबाट मृत्यु भएको हो । प्रहरीका अनुसार घर नजिकै आँगनमा खेलिरहेको अवस्थामा चितुवाले रावतमाथि आक्रमण गरेको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको हो । मृतकको शव जिल्ला अस्पताल बाजुरा ल्याइएको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्