sevenstartv.com ९ असोज २०८३, शुक्रवार

टहरामा सुतिरहेका दिदी-बहिनीको भिरमाथिबाट ढुंगा खस्दा मृत्यु

२० असार २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा टहरामा सुतिरहेका एकै घरका दिदी-बहिनीको भिरमाथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको छ । नरबहादुर बुढाका छोरीहरु १८ वर्षीया शर्मिला र १४ वर्षीया चमेलीको मृत्यु भएको हो । 

बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेका थिए । राति ९ बजेतिर भिर माथिबाट ढुङ्गा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । 

घटनाबारे अनुसन्धान भइरहेको छ ।

 

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्