sevenstartv.com १४ कार्तिक २०८३, शनिवार

हलेसीबाट तिर्थालु बोकेर फर्किँदै गरेको गाडी दुर्घटना : १७ जना घाइते

१९ साउन २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । हलेसीबाट तिर्थालु बोकेर सिरहा फर्किँदै गरेको बोलेरो गाडी दुर्घटना  हुँदा १७ जना घाइते भएका छन् । 

खोटाङको हलेसी तुवाचुङ नगरपालिका १ मा सोमबार बिहान भएको बोलेरो दुर्घटनामा १७ जना घाइते भएका हुन् । दुर्घटनामा परेका १६ जना सामान्य घाइते भएको र एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । 

अहिले प्रहरीले उद्धार कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्