sevenstartv.com १० साउन २०८३, आइतवार

त्रिभुवन विमानस्थलबाट अमेरिकी नागरिक पक्राउ

५ वैशाख २०८३, शनिवार स्टार संवाददाता

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजा र भाङको तेलजस्तो देखिने तरल पदार्थ रहेको १.२५ लिटरको पाँच थान बोतलसहित एक जना अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले पक्राउ पर्नेमा ४६ वर्षीय ओग्नियन पेट्रोभ रहेको जानकारी गराएका छन्।

एअर इन्डियाको उडान नम्बर एआई २१८ मा काठमाडौंबाट दिल्ली जान लागेका निजले लिइआएको लगेज चेकिङ एरियामा स्क्रिनिङ गर्दा शङ्कास्पद देखिएपछि खोल्न लगाई हेर्दा गाँजा र भाङको जस्तो देखिने तेल फेला पारिएको उनले जानकारी गराएका छन्।

प्रवक्ता सिलवालले पक्राउ परेका विदेशी नागरिकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरोबाट विमानस्थलमा खटिएको प्रहरी टोलीको जिम्मा लगाइएको  बताएका छन्।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्