चोभारमा गाडीमा आगलागी
काठमाडौं । गाडीमा अचानक आगलागी हुँदा चालकसहित अन्य यात्रु गाडीभित्रै आगलागीमा परेका छन् । बा ५ च ३०३८ को निजी कारको आगो नियन्त्रणमा आए पनि सो गाडीमा के कति जना यात्रु छन् भन्ने कुरा एकिन भएको छैन् ।
उक्त गाडी विद्युतीय (ईभी) नभएको पुरानो मोडलको गाडी भएको ट्राफिक प्रहरीले जानाकारी गराएको छ । मंगलबार साढे ११ बजेपछि चोभारमा गुडीरेको गाडीमा एक्कासी आगो लागेको थियो ।
प्रत्यक्षदर्शीले तत्कालै प्रहरी र ट्राफिकलाई खबर गरे पछि सो स्थानमा मानिसको भिडभाड भए पनि उद्वार कार्यमा कठिनाई भएको उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एसपी नरेशराज सुवेदीले बताएका छन् ।
उनका अनुसार ट्राफिक टोली पुग्नासाथ आगो नियन्त्रणमा आएको छ । तर, चालक सहितका यात्रु डढेको अवस्थामा गाडीभित्रै छन् । गाडीको ढोका खुल्न नसकेको र भित्र धुँवा भरिएकाले यात्रुको संख्या यकिन भएको छैन । चालक डढेको अवस्थामा देखिएको ट्राफिक प्रहरीले जनाएको छ ।




















