sevenstartv.com १० साउन २०८३, आइतवार

सुनचाँदी कै मूल्यमा गिरावट

८ साउन २०८३, शुक्रवार स्टार संवाददाता

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा ५ हजार ८ सय र चाँदी  १ सय ५५ रुपयाँले गिरावट आएको हो ।

शुक्रबार एक तोला छापावाल सुनको मूल्य २ लाख ८५ हजार ५ सय र त्यति नै परिमाणको सेतो धातुको भाउ ४ हजार ३ सय ५० निर्धारण भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहिबार नेपाली बजारमा एक तोला छापावाल सुनको मूल्य २ लाख ९१ हजार ३ सय र त्यति नै परिमाणको सेतो धातु ४  हजार ५ सय ५ मा कारोबार भएको थियो । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्