sevenstartv.com ११ साउन २०८३, सोमवार

बुध्द एयरले फ्रान्सबाट भित्र्यायो एटीआर–७२–६०० विमान

९ साउन २०८३, शनिवार स्टार संवाददाता

काठमाडौँ । बुध्द एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । बुध्द एयरले जारी गरेको विज्ञप्तिका आधारमा विमान खरिद प्रक्रियाका लागि आवश्यक अनुसराको पहल कदमी सँगै अर्को महिनादेखि उडान गरिने छ ।

बुध्द एयरले कल साइन ९ एन–एओएस विमान फ्रान्सको तुलुसबाट ल्याएको जनाएको छ । यो एटीआर–७२–६०० विमानमा उडान प्रणाली (एभियोनिक्स) पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेशन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणाली रहेको जानाकारी गराइएको छ ।

यस सिरिजका विमान कम इन्धन खपत गर्नाले यो वातावरण मैत्री मानिन्छन् । बुद्ध एयरले आयात गरेको एटीआर–७२–६०० सिरिजको विमानमा आरएनपी–एआर एप्रोच प्रणाली जडान गरिएको छ । उक्त प्रणालीको सहयोगमा काठमाडौँ र भैरहवा विमानस्थलमा करिब ९०० मिटर भिजिबिलिटीमा पनि विमानलाई सुरक्षित रूपमा अवतरण गराउन सकिने छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आरएनपी–एआरमा आधारित उडान प्रक्रिया कार्यान्वयनका लागि अध्ययन गरिरहेको छ । यो प्रक्रिया लागू भएपछि करिब २००० मिटर भिजिबिलिटी रहेको अवस्थामा बुध्द एयरको यस विमानले सुरक्षित उडान र अवतरण गर्न सम्भव हुने देखिएको छ । कम भिजिबिलिटीका कारण हुने उडान ढिलाइ र अवरोधहरू घट्नेछन् बुध्द एयरको विश्वास छ ।

यसबाट उडान सुरक्षा कायम रहनुका साथै हवाई सेवाको गुणस्तर र विश्वसनीयता पनि बढ्नेछ । बुध्द एयरले आगामी अगष्टको अन्तिमतिर एक एटीआर–७२–६०० सिरिजको विमान ल्याउनेसमेत जानकारी दिएको छ । साथै आगामी केही महिनाभित्र यस्तै, सिरिजका थप दुई विमान पनि ल्याउने भित्र्याउने योजनाअनुसार कार्य गरिरहेको छ । बुध्द एयरसँग हाल एउटा एटीआर–४२–३२०, १५ वटा एटीआर–७२–५०० र एउटा एटीआर–७२–६०० विमान रहेका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्