sevenstartv.com ११ साउन २०८३, सोमवार

कर्णालीमा एमाले संसदीय दलको बैठक सुरु

९ साउन २०८३, शनिवार स्टार संवाददाता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले एमाले संसदीय दलको बैठक बोलाएका छन् । शनिबार १ बजेबाट संसदीय दलको बैठक शुरु भएको जनाइएको छ ।

कांग्रेसका मन्त्रीहरुले असार ३२ गतेबाट सरकारबाट बाहिरिने निर्णय गरे सँगै धारासायी बनेको सत्ता सङ्कट पछि मुख्यमन्त्री कँडेलले संसदीय दलको बैठक समेत बोलाएका थिएनन् । कांग्रेस, नेकपाले उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

उक्त अविश्वासको प्रस्तावमाथि आज दिउँसो ३ बजेतिर प्रदेश सभामा छलफल हुने भएको छ । त्यसका लागि दिउँसो ३ बजे प्रदेश बैठक डाकिएको छ । कँडेलले  सभा बस्नुअघि एमाले संसदीय दलको बैठक बोलाएका हुन् । संसदीय दलको बैठक बसिरहेको जनाइएको छ । सत्ता समिकरणमा समस्या भएसँगै कँडेल नेतृत्वको सरकार गुम्ने निश्चित जस्तै छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्