रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठ
भोली पशुपति आर्यघाटमा दाहसंस्कार गरिने
काठमाडौं । लामो समयदेखि पेटको क्यान्सरबाट पीडित नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ ।
जावलाखेल स्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।
नेपाली कांग्रेसले चार दिन अघि मात्र पार्टीको वरिष्ठ नेता बनाउने घोषणा गरेको थियो ।
उनी कांग्रेसका पूर्वउपसभापति समेत हुन् । भोलि बिहान ८ :०० बजेदेखी ११ : ०० बजेसम्म नेपाली काङ्ग्रेस पार्टी कार्यालयमा श्रद्धाञ्जलीको लागि राखिने पारिवारीक श्रोतले बताएको छ ।
त्यस पश्चात शव यात्रा सहित पशुपति आर्यघाटमा दाहसंस्कार गरिने समेत जनाइएको छ ।


















