sevenstartv.com १२ साउन २०८३, मङ्गलवार

देउवा लेख्छन् : मेरा मित्रको निधनको खबरले स्तब्ध भएको छु

१२ साउन २०८३, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीका नेता गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध भएको बताएका छन् ।

श्रेष्ठको निधिनको खबरले आफुलाई दुखित तुल्याएको कुरा आफ्नै सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।

उनले भनेका छन्, ‘नेपाली कांग्रेसका नेता, पूर्वउपप्रधानमन्त्री एवं मेरा मित्र गोपालमान श्रेष्ठजीको निधनको खबरले स्तब्ध भएको छु। उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु।’

नेपालको लोकतान्त्रिक आन्दोलनमा श्रेष्ठले निभाएको अग्रणी भूमिका सधैँ स्मरणीय रहछ उनले भनेका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्