राष्ट्रपति पौडेल र सभामुख अर्याल बिच भेटवार्ता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालबिच भेटवार्ता भएको छ ।
सभामुख अर्याल बिहीबार राष्ट्रपति भवन, शीतल निवास पुगे पश्चात राष्ट्रपति पौडेलसँग भेटवार्ता भएको हो ।
भेटका क्रममा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, सङ्घीय संसद्का गतिविधि तथा संसदीय अभ्यासका विविध विषयमा विचार–विमर्श भएको जनाइएको छ ।




















