sevenstartv.com १५ साउन २०८३, शुक्रवार

‘स्पाइडर-म्यान : ब्रान्ड न्यू डे’ बन्यो नेपालमा सर्वाधिक ओपनिङ गर्ने हलिउड फिल्म

१५ साउन २०८३, शुक्रवार स्टार संवाददाता

काठमाडौं । ‘स्पाइडर-म्यान : ब्रान्ड न्यूडे’ले नेपाली बक्सअफिसमा सर्वाधिक ओपनिङ गर्ने हलिउड फिल्मको कीर्तिमान रचेको छ । फिल्मले बिहीबार नेपालभर १ करोड ९९ लाख ६९ हजार ९४५ रुपैयाँ ग्रस कमाएको छ ।

कतिपय हलबाट विवरण प्राप्त हुन बाँकी रहेकाले कमाइ अंक २ करोड रुपैयाँभन्दा माथि रहेको बताइएको छ ।

फिल्मको शुक्रबार दिउँसो १२ बजेसम्मको (आगामी दिनको एड्भान्स टिकट बिक्री पनि जोडेर) कमाइ ३ करोड ५० लाख ४० हजार ९१५ रुपैयाँ ग्रस पुगेको छ ।

अहिलेसम्म कुनै पनि हलिउड फिल्मले यो परिमाणमा नेपालमा ओपनिङ गर्न सकेका थिएनन् । हलिउड संचारमाध्यमका अनुसार, यो फिल्मले अन्तर्राष्ट्रिय बजारमा सोनीको दोस्रो सर्वाधिक सप्ताहन्त ओपनिङ गर्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्