ह्वात्तै बढ्यो सुनको मूल्य
कतिमा भई रहेको छ कारोबार ?
काठमाडौं । बुधबार सुनको मूल्यमा बृद्वी भएको छ । मंगलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ४२ सय रुपैयाँले बृद्वी भएको हो ।
मंगलबार प्रतितोला दुई लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४२ सय रुपैयाँले बृद्वी हुँदा दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य समेत ९५ रुपैयाँले बृद्वी हुँदा प्रतितोला ४४७५ रुपैयाँमा कारोबार भईरहेको छ । महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४६ हजार ९ सय १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३८३७ रुपैयाँ कायम भएको छ ।














