sevenstartv.com २२ साउन २०८३, शुक्रवार

सत्ता पक्षका नेता कार्यकर्तामा शासकीय अराजकता बढि भयो : गगन थापा

२२ साउन २०८३, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापित गगन थापाले देशमा अहिले शासकीय अराजकताको अवस्थाको बारेमा टिप्पणी गरेका छन् । सरकारका प्रमुख प्रधानमन्त्रीदेखि रास्वपाका सांसद समेतको अराजक शैली र व्यवहार कारण शासकीय अराजकता बढ्दै गएको आरोप लगाएका छन् ।

आज पार्टीनिकट आदिवासी जनजाति महासंघको भेलालाई सम्बोधन गर्ने क्रममा सभापति थापाले सरकार र सत्ता पक्षका सांसदको अराजक शैलिको  टिप्पणी गरेका हुन् । सत्ताधारी पार्टीका सांसदले कर्मचारी हप्काएको, मन्त्री स्वयम्ले उत्तेजना फैलाउने अभिव्यकित दिएको भन्दै उनले भने, मैले यस्तो पहिले कहिल्यै देखेको थिइनँ ।

अहिले म शासकीय अराजकता देखिरहेको छु । सांसदले, मन्त्रीले खुट्टा भाँच्छु भनेको छ । प्रधानमन्त्रीले मन्त्री नराखी बैठक गरेको छ । अर्थमन्त्रीले गभर्नर नराखी बैठक गरेको छ । प्रधानमन्त्रीको सचिवालयले दिनदहाडै मान्छे उठाएको छ । अख्तियारको प्रमुखलाई थुनेर, उठबस गराएर निर्णय गर्न लगाएको छ । यो अराजकता हो । शासकीय अराजकता हो । यसलाई रोक्न कांग्रेसले भूमिका खेल्नुपर्छ ।

उनले वर्तमान सरकारले संविधानलाई जथाभावी चलाउन खोजेको प्रति आपत्ति जनाएका छन् । सभापति थापाले सरकारले संविधान संशोधन जस्तो गम्भिर विषय भाँडाकुटि खेलेजस्तो हल्का रुपमा लिएको टिप्पणी गरेका छन् । थापाले भने, ‘सरकारले संविधान चलाउन चाहेको छ । चलाउनु पनि पर्छ ।

तर सरकारको संविधानप्रतिको बुझाइले देशलाई ठूलो द्वन्द्वमा धकेल्न सक्छ । हामीले द्वन्द्वमा जान दिनु हुँदैन । मैले रास्वपाका साथीहरुलाई भनेको छु, यो भाँडाकुटी खेलेको जस्तो होइन । केही ब्रोहरु जम्मा गरेर हल्ला गरेको जस्तो होइन । हल्का ढंगले डिल गरेर हुँदैन ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्