sevenstartv.com २४ साउन २०८३, आइतवार

क्यानडा पढाउने प्रलोभन देखाएर ३७ लाख ठगी गर्ने एक जना पक्राउ

२४ साउन २०८३, आइतवार स्टार संवाददाता

क्यानडा पढाउने प्रलोभन देखाएर ३७ लाख ठगी एक जना पक्राउ परेका छन् । काठमाडौं जिल्ला, गोकर्णेश्वर नगरपालिकाबाट वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दामा काभ्रेपलाञ्चोकका ४२ वर्षीय अच्युत दुलाल पक्राउ परेका हुन् ।

दुलाललाई वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–६, का दुलाललाई वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएपछि २०८३ साउन २४ गते गोकर्णेश्वर नगरपालिकाबाट पक्राउ गरिएको हो ।

दुलालले क्यानडामा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै एक जना पीडितबाट ३७ लाख रुपैयाँ लिएको सम्बन्धमा पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय वैदेशिक रोजगारीमा देखिने समस्या झन विकराल बन्दै गएका छन् । यो समस्याबाट हरेक दिन ठगीदै आए पनि सरकारले उचित कानुनको व्यवस्था नगर्दा कयौंको घरबास उठ्नुका साथै झेल्नु कष्ट झेल्ने गरेका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्