sevenstartv.com २५ साउन २०८३, सोमवार

कृषि प्रधान देशमा किसानलाई रासायनिक मलको अभाव र अनेकौँ सास्ती ,कस्ले बुझ्ने किसानका समस्या?

९६ प्रतिशत रोपाइँ

२५ साउन २०८३, सोमवार स्टार संवाददाता

हरेक वर्ष जस्तै यस वर्ष पनि किसानले रासायनिक मलको अभाव र अनेकौँ सास्ती भोग्नुपरेको छ । सरकारले समयमै मल उपलब्ध गराउन नसक्दा रोपाइँको मुख्य समयमा किसानहरू रित्तो हात भौँतारिन बाध्य भए । तर, आवश्यक मलखाद नपाए पनि यतिबेला देशभरिको धान रोपाइँ करिब अन्तिम चरणमा पुगेको छ ।

कृषि विभागको २२ साउनसम्मको अवधिमा देशभरि करिब ९६ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्षको यही अवधिसम्मको तथ्यांक हेर्ने हो भने २०८२ साउन २५ सम्म जम्मा ९१.३१ प्रतिशत मात्र रोपाइँ हुन सकेको थियो । यस वर्ष भने धानखेती हुने क्षेत्रफलमध्ये ९५.५ प्रतिशतमा रोपाइँ सम्पन्न भइसकेको छ ।

देशभरि धान खेती हुने कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १३ लाख ८ हजार ३८३ हेक्टर जमिनमा रोपाइँ सकिएको छ ।

प्रदेशगत रूपमा सुदूरपश्चिममा धान रोपाइँ हुने कुल १ लाख ५४ हजार १५० हेक्टर अर्थात् शतप्रतिशत (१०० प्रतिशत) क्षेत्रफलमै रोपाइँ पूर्णरूपमा सम्पन्न भइसकेको छ ।

यसैगरी, बागमती प्रदेशमा पनि ९७.८२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने कर्णाली प्रदेशमा ९६.८२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

यस्तै गण्डकी प्रदेशमा ९५.५७ प्रतिशत र लुम्बिनी प्रदेशमा ९४.८३ प्रतिशत धान रोपाइँ सकिँदा कोशी प्रदेशमा भने अन्यको तुलनामा अलि कम अर्थात् ९३.६९ प्रतिशत जमिनमा रोपाइँ भएको छ ।

देशकै प्रमुख अन्न भण्डारको रूपमा चिनिने मधेश प्रदेशको हकमा भने यस वर्ष रोपाइँमा उल्लेख्य र सकारात्मक सुधार आएको छ । सिँचाइको अभाव र मनसुनको ढिलाइका कारण गत वर्ष साउन २५ गतेसम्म मधेसमा जम्मा ७६.५४ प्रतिशत मात्र रोपाइँ हुन सकेको थियो ।

तर, यस वर्ष त्यहाँ ९४.६५ प्रतिशत अर्थात् ३ लाख ६४ हजार २९१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्