काठमाडौंमा अबको २४ घण्टा मा नै ग्यास बिक्री सुरु हुने
काठमाडौं । नेपाल सरकारको रोहवरमा अब २४ सै घण्टा ग्यास बिक्रीको तयारी गरिएको जनाइएको छ ।
आज उद्योग मन्त्रालयमा सम्पन्न बैठकमा काठमाडौँ जिल्ला प्रमुख ईश्वर राज पौडेलले केहि समय भित्रै काठमाडौँमा २४ सै घण्टा ग्यास बिक्री गर्ने तयारी गरि रहेको जानकारी गराएका छन् ।
उनले काठमाडौँका विभिन्न ठाउँ तोकेर नै ग्यास बिक्री गर्ने तयारी गरेको जनाइएको हो । काठमाडौँको विभिन्न ठाउँ हेरेर ३०, ४० वा ५० ठाउँमा ग्यास बिक्रीको लागि तयारी भइरहेको उनको भनाई छ ।

















