ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ
ओखलढुंगा जिल्ला मोलुङ गाउँपालिका, ५ गोगुनडाँडाबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । श्रावण ३० गते बिहान अन्दाजी ११ः३० बजे मोलुङ गाउँपालिका, ५ गोगुनडाँडा बस्ने अन्दाजी ३३ वर्षीय मोहन तामाङको घरबाट भरुवा बन्दुक फेला परेको थियो ।
भरुवा बन्दुक फेला परेपछि इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएका प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली बरामद गरेको थियो । प्रहरी टोलीले तामाङ र भरुवा बन्दुक तथा उक्त बन्दुकका बारेमा प्रयोग हुने बारुद र छर्रासहित नियन्त्रणमा लिएको हो ।
थप अनुसन्धान भइरहेको जानकारी गराएको छ ।















