sevenstartv.com १ भदौ २०८३, सोमवार

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने

१ भदौ २०८३, सोमवार स्टार संवाददाता

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिने कार्यतालिका रहेको छ । सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा बानियाँले विश्वासको मत लिने कार्यतालिका रहेको छ ।

सरकारमा सहभागी नेकपा एमालेले ६ साउनमा सरकारलाई दिएको समर्थन फिर्ता लिए पश्चात मुख्यमन्त्री बानियाँले विश्वासको मत लिनु पर्ने हुन्छ । सरकारमा सहभागी एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँको नेतृत्वमा रहेको सरकार अहिले अल्पमतमा परेको छ ।

सरकार टिकाउनका लागि मुख्यमन्त्री बानियाँलाई अन्य साना दलहरूको समर्थन आवश्यक रहेको छ । बागमती प्रदेश सभामा कांग्रेस ३६ सिटसहित सबैभन्दा ठूलो दल रहेको छ ।

नेकपाको २६ सिट र एमालेको २५ सिट (उपसभामुखसहित) छ । अन्य राप्रपाको १२, नेमकिपाको तीन र हाम्रो नेपाली पार्टीको दुई सिट छ । बागमतीमा नयाँ सरकार गठनका लागि ५३ जना प्रदेश सभा सदस्यको बहुमत पुर्‍याउनुपर्ने हुन्छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्