रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृतकको सनाखत
घाइतेहरुको हेलिकप्टरमार्फत उद्धार हुँदै
त्रिवेणी । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका, ६ देउताखोला नजिकै आइतबार बिहान भएको सवारी दुर्घटनामा ज्यान गुमाउने दुवै जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार दुर्घटनामा जिप चालक त्रिवेणी गाउँपालिका, १ रुघाका सुन्दर खड्का मगर र सानीभेरी, ६ की अन्दाजी १६ वर्षीया प्रेमकला पुनको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले दुर्घटनामा गम्भीर घाइते दुई जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जानकारी गराएका छन् । थप दुई जना घाइतेको उद्धार कार्य भई रहेको जनाइएको छ ।
प्रहरीका अनुसारअन्य घाईतेको सानीभेरी गाउँपालिका अस्पताल सिम्लीमा उपचार भइरहेको छ । जिपमा चालकसहित १३ जना सवार रहेका अनुसन्धानका अुलेको छ । जिपमा सवार सबैको पहिचान भने अझै खुलेको छैन ।
सानीभेरी गाउँपालिका, ६ को कोटगाउँबाट सानीभेरीकै सिम्लीतर्फ आइरहेको लु १ च ६०२९ नम्बरको जिप देउताखोलामा दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालयले जिप सडकबाट ५० मिटर तल खसेको जानकारी गराएको छ ।








-71.jpg)








-71.jpg)