sevenstartv.com १ असोज २०८३, बिहिवार

देउवा समूहलाई समेट्न अधिक्तम लचकता अपनाउँछौं : कांग्रेस

१ असोज २०८३, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनलाई एकता कायम गर्न र पार्टीलाई फुटबाट जोगाउनका लागि अधिकतम लचकता अपनाउने जनाएको छ। सानेपामा बसेको केन्द्रीय समिति बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता देवराज चालिसेले असन्तुष्ट नेताहरूले अघि सारेको माग सम्बोधन भइसकेको जनाएका छन् ।

उनले सिङ्गो पार्टीपंक्तिलाई महाधिवेशनमा केन्द्रित हुन आग्रह गर्दै १४ औँ महाधिवेशनबाट निर्वाचित अधिकांश केन्द्रीय सदस्य एकता प्रक्रियामा आइसकेको जानकारी गराएका छन् । उनले भने, ‘कोही छुट्दैन, कसैको आवाज दबाइँदैन, कोही यसमा अन्यथा हुँदैन ।

सबैको साझा घर हो, साझा प्रयासले नै हामी आफ्नो उचाइमा पुग्न सक्छौँ भन्ने मान्यता आजको बैठकले स्थापित गरेको छ। सबै साथीहरूलाई स्वागत पनि गरेका छौँ, देशभरिका साथीहरूलाई हामीले अधिवेशनमा उत्साहपूर्वक सहभागिताको लागि आह्वान पनि गरेका छौँ ।’

शेखर कोइराला, पूर्णबहादुर खड्का र शेरबहादुर देउवालाई महाधिवेशनमा ल्याउनको लागि अन्तिम समयसम्म प्रयास गर्न सभापति लगाएतका नेताहरु लागि परिरहेको जानकारी गराउँदै उनले भने, ‘सभापतिले पूर्व सभापति शेरबहादुर देउवाको हातबाट महाधिवेशनको उद्घाटन गर्न अनुरोध गछौँ ।

आज सभापतिले पनि भन्नुभएको छ। उहाँलाई अनुरोध गर्छौँ आउने नआउने उहाँको कुरा हो। अग्रजलाई सम्मानमा कुनै कमी हुँदैन । यसमा कुनै काखा पाखा हुँदैन ।’ उनले १६ गते हुने महाधिवेशनले एकताको सन्देश दिने प्रष्ट पारेका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्