sevenstartv.com १९ साउन २०८३, मङ्गलवार

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

२५ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने छ ।  बैठकमा सहरी विकासमन्त्री प्रकाशमानसिंह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईसंग मौखिक प्रश्नोत्तर हुने संसद सचिवालयले जनाएको छ । 

अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्नेछन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । 

मन्त्री गुरुङले नै ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०८१ पारितका लागि प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बस्ने भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट महान्यायाधिवक्ताको वार्षि प्रतिवेलन, २०७९र०८० पेश हुनेछ । 

यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले समितिको पाँचौं वार्षिक प्रतिवेदन २०८०/०८१ पेश गर्नेछन् । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले सभाका विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन तोक्ने कार्यसूची पनि छ । 


 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्