उपसभामुखले पत्र लेख्नु मानव तस्करी हाे : सांसद् ज्ञवाली
काठमाडौं । सांसद् शोभा ज्ञवालीले उपसभामुख इन्दिरा राना मगरले केही व्यक्तिलाई अमेरिका पठाउने भनेर अमेरिकी दूतावासमा चिठ्ठी लेख्नु मानव तस्करी भएको आरोप लगाएकी छन् ।
आज प्रतिनिधिसभाको बैठकमा उनले रास्वपाले अन्य व्यक्तिको विषय जोड सँग उठाए पनि आफ्ना व्यक्तिको यथार्थ कुरा उठाउँदा आक्रोशित किन भएको भन्दै प्रश्न गरिन् ।
उनले भनिन्, ‘केही समय अघि उपसभामुख ज्यूको अगुवाइमा अमेरिकाको कार्यक्रममा राजदूतावासलाई अन्य व्यक्ति पठाउने चिठ्ठी पठाएको मिडियामा आएको थियो । यथार्थ के हो ।'















