सत्ताको दम्भले लोकतन्त्रको घाँटी निमोठ्ने प्रयास भएको छ : सांसद् गौतम
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) की सांसद् सोविता गौतमले सत्ताको दम्भले लोकतन्त्रको घाँटी निमोठ्ने प्रयास भएको भन्दै खबरदारी गरेकी छन् ।
आज प्रतिनिधिसभाको बैठकमा सांसद् गौतमले उपसभामुख हटाउन खोजिएको कुरा सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएको भन्दै त्यसबारे पनि आपत्ति जनाइन् ।















