sevenstartv.com १९ साउन २०८३, मङ्गलवार

अरुले उचालेका भरमा आन्दोलन नगर्नुस् : रवि लामिछाने

२५ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का सभापति रवि लामिछानेले सहकारी पीडितलाई अरुले नै उचालेर आन्दोलन गरेको टिप्पणी गरेका छन् । आज पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकमा उनले अपराधमा संलग्न नै नभएको मान्छेविरुद्ध आन्दोलन गरेको बताएका हुन् ।

उनले भने, सहकारी पीडितको लागि लड्नुभएको छ भने मेरो सलाम छ, तर जो मान्छे अपराधमा संलग्न छैन, उसैलाई कसैले उक्साएको भरमा दोषी झैं गरी तपाईंहरुले विरोध गर्नुभएको छ ।

आज रास्ववाको कार्यक्रमस्थलबाहिर सूर्यदर्शन सहकारी संस्थाका पीडित वचतकर्ताले प्रदर्शन गरेका थिए । कार्यक्रममा सम्बोधनका क्रममा लामिछानेले कसैले उचालिदिएको भरमा र गलत कुरा भनिदिएको भरमा आफूविरुद्ध आन्दोलन भएको भन्दै आक्रोश पोखे ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्