sevenstartv.com १९ साउन २०८३, मङ्गलवार

मन्त्रीहरुको क्वाटर पुलचोकबाट भैंसेपाटी सर्यो, सामान सार्न मन्त्रीहरुलाई भ्याईनभ्याई

१४९ रोपनी जग्गामा मन्त्री निवास

२६ भदौ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । पुलचोकमा रहेको मन्त्रीहरुको क्वाटर ललितपुरको भैंसेपाटीस्थित सैवु आवास क्षेत्रमा सारिहेको छ । मंगलबार सबै मन्त्रीहरुको क्वाटर भैंसेपाटीको नयाँ आवासमा सारिएको हो । मंगलबार साझ राति अबेर सम्म मन्त्रीहरुलाई सामान सार्न भ्याईनभ्याई रहेको एक मन्त्रीले स्टार सम्वाददातालाई बताए । मन्त्री क्वाटर पुरानो र अपर्याप्त रहेको भन्दै मन्त्रिपरिषद्ले नयाँ बनाउने निर्णय गरेको  थियो । सैवुमा सांसद आवास निर्माणका लागि छुट्याइएको १४९ रोपनी जग्गामा मन्त्री निवास बनाइएको हो । 

मन्त्री क्वाटरसँगै राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र उपसभामुखको आवास पनि सर्नेछ । 
२७ वटा आवास निर्माण भएको स्वास्थ्य तथाद जनसंख्यामन्त्री प्रदिप पौडेलले जानकारी दिनुभयो । 

त्यस्तै, सरकारले प्रदेश प्रमुख र मुख्मन्त्रीको आवास तथा सम्पर्क कार्यालय समेत मन्त्री क्वाटरसँगै बनाउने भएको छ। उनीहरूका लागि १४ वटा भवन निर्माण भएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्