sevenstartv.com १९ साउन २०८३, मङ्गलवार

निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकारबारे समिति स्पष्ट हुनुपर्छ : गृहमन्त्री लेखक

२७ भदौ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकारबारे समिति स्पष्ट हुनुपर्ने बताएका छन् ।

आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा  गृहमन्त्री लेखकले निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकार जाने कि नजानेरु जाने हो भने कतिसम्म जानेरु भन्नेकुरामा समिति स्पष्ट हुन जरुरी रहेको बताएका हुन् ।

उनले भने, ‘समितिले गरेको निर्णय सरकारले बोक्छ । समितिले मजाले छलफल गरोस् भन्ने नै मेरो आग्रह हो । पहिला निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकार जाने की नजाने रु जाने हो भने कतिसम्म जाने रु भन्नेकुरामा क्लियारिटी भयो भने भाषा लेख्न गाह्रो हुन्न । किनभने पहिला त प्रिन्सिपल सेट गर्नुपर्छ। प्रिन्सिपल सेट भइसकेपछि प्रिन्सिपल अनुसारको भाषा लेख्ने हो । भाषा लेख्नेकुरा कठिनाइ होइन । समितिले यो गर्ने हो भनेर सिद्धान्त दियो भने उहाँहरुले भाषा बनाउनु हुन्छ। निजी क्षेत्रमा जानु हुँदैन भन्नेमा आम सहमति देखिन्छ । तर अझै एउटा कुरा टुंगिन के बाँकी रहेको जस्तो लाग्छ भने सरकारी पैसा निजीमा गएको छ भने फेरि हेर्नुपर्छ है भन्ने पनि विषय छ ।'

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्