sevenstartv.com १९ साउन २०८३, मङ्गलवार

संवैधानिक निकायका सबै रिक्त पदमा सिफारिस गर्नुपर्छ : अध्यक्ष दाहाल

२७ भदौ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । आज भएको प्रमुख तीन शीर्ष नेताहरूबीचको राजनीतिक भेटमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संवैधानिक निकायका सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने सुझाव दिएका छन् । 

बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटवार्तामा उनले संवैधानिक निकायमा सम्भव हुन्छ भने भोलि नै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने, नभए पुनः अर्को सहमति गरेर चाँडै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने बताएका हुन् । 

बुधबार अपराह्न बस्ने भनिएको बैठक संवैधानिक परिषद्‌को बैठक भोलि शुक्रबारका लागि सरेको छ । संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रमुख प्रतिपक्ष दलको नेता, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष र सर्वोच्च अदालतका प्रधानन्ययाधीश सदस्य रहने व्‍यवस्था छ । संवैधानिक निकायहरूका सदस्यहरूको नियुक्ति सिफारिस यसै परिषद्ले गर्ने र सिफारिस व्यक्तित्वहरूको संसदीय सुनुवाइपछि नियुक्ति हुने संवैधानिक व्‍यवस्था छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्