sevenstartv.com १९ साउन २०८३, मङ्गलवार

तीन संसदीय समितिको बैठक आज बस्दै

२८ भदौ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । संसद अन्तर्गतका तीन समितिको बैठक आज बस्ने भएको छ । 

पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा जलस्रोत विधेयक, २०८१ का सम्बन्धमा छलफल हुनेछ । 

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट सम्पादन गर्नुपर्ने कार्यक्रम तथा योजनाका सम्बन्धमा छलफल हुने भएको छ।

कार्यसम्पादनमा रहेका समस्या तथा बजेटलगायतका विषयमा समितिले जानकारी लिने र समस्या समाधानमा आवश्यक सहजीकरण गर्न सकिने विषयका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठक बिहान साढे ११ बजे बस्नेछ। 

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्ने छ ।  बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्