sevenstartv.com १९ साउन २०८३, मङ्गलवार

नेपाली सेना र अमेरिकी सेनाले आइतबारदेखि संयुक्त अभ्यास गर्दै

२९ भदौ २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाले संयुक्त अभ्यास गर्ने भएको छ ।

विपद् प्रतिकार्य क्षमता अभिवृद्धिका लागि दुबै देशका सेनाले संयुक्त रूपमा अभ्यास सुरु गर्ने भएको हो । यही भदौ ३० आइतबारदेखि असोज ४ गतेसम्म अभ्यास सञ्चालन हुन लागेको हो ।

‘अभ्यासमा विभिन्न प्रकारका विपद्को दौरान गरिने खोज तथा उद्धारलाई यप प्रभावकारी बनाउन अपनाउनुपर्ने विद्यमान विधि तथा प्रक्रियाहरूका सम्बन्धमा ज्ञान आदानप्रदान हुनेछ,’ नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौँ, मकवानपुर र धादिङ जिल्लाहरूमा सो सम्बन्धी विभिन्न अभ्यासहरू सञ्चालन हुनेछन्।’

सन् २०१२ देखि सुरु भएको उक्त अभ्यासको यो चौथो संस्करण हो । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्