sevenstartv.com १९ साउन २०८३, मङ्गलवार

कालिञ्चोक गाउँपालिकाको सभापतिमा कांग्रेसका सञ्जीव पाण्डे नियुक्त

३० भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेस कालिञ्चोक गाउँपालिकाको सभापतिमा सञ्जीव पाण्डे नियुक्त भएका छन् । पाण्डेलाई कांग्रेस दोलखाका सभापति बर्मा लामाले रिक्त रहेको कालिञ्चोक गाउँपालिका समिति सभापतिको जिम्मेवारी दिएका हुन् ।

शुक्रबार बसेको नेपाली कांग्रेस दोलखाको संयुक्त बैठकले रिक्त रहेका पदहरूमा व्यवस्थापन गरी जिम्मेवारी दिने निर्णय बमोजिम पाण्डेलाई कार्यवाहक सभापतिमा मनोनित गरिएको बताइएको छ ।  समितिको सभापतिमा यस अघि जगतमणी शिवाकोटी थिए उनले समय दिन नसकेपछि उक्त पद केही समय देखि रिक्त थियो ।

सभापतिले गर्ने सम्पूर्ण कामकाज गर्ने र पाटी सङ्गठनलाई थप चलायमान बनाउने गरी काम काज गर्न जिम्मेवारी दिएको जनाइएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्