sevenstartv.com १९ साउन २०८३, मङ्गलवार

कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने

३१ भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २ मा पुन विश्वासको मत लिने भएका छन् । 

तेस्रो पटक मुख्यमन्त्री बनेका  कार्कीले नेकपा माओवादी केन्द्रले १४ भदौमा समर्थन फिर्ता लिएपछि दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । माओवादी केन्द्रको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार २७ वैशाखमा मुख्यमन्त्री बनेका  कार्कीले पहिलो पटक वैशाख ३१ गते विश्वासको मत लिलिएका थिए । 

गत असार १७ मा एमाले–कांग्रेस गठबन्धन माओवादी केन्द्र सरकार छाडेर प्रतिपक्षमा पुग्यो । ११ साउनमा माओवादी सरकार छाडेको माओवादीले १४ भदौमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता भएका कारण उनले विश्वासको मत लिन लागेका हुन् ।  

प्रदेशमा बहुमतका लागि ४७ जना आवश्यक पर्छ । ९३ सदस्यीय कोशी प्रदेशसभामा १३ सांसद् रहेको माओवादी केन्द्र, ६ सांसद रहेको राप्रपाका, ४ सांसद् रहेको नेकपा एकीकृत समाजवादीका ४ र एक सांसद् रहेको जसपा प्रतिपक्षमा छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्