sevenstartv.com २० साउन २०८३, बुधवार

उपसभामुख राना रुस प्रस्थान

१ असोज २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना औपचारिक भ्रमणका लागि आज रुसतर्फ प्रस्थान गरेकी छन् । रुसको सेन्टपिटर्सवर्गमा यही असोज २ देखि सुरु हुने कार्यक्रममा भाग लिन उनी फ्लाई दुबईको बिहान ९ बजेको उडानमार्फत त्यसतर्फ गएकी हुन् ।

उपसभामुख राना रुस र स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डलको अन्तरसंसदीय विधानसभाको आयोजनामा असोज २ देखि ४ गते (सेप्टेम्बर १८-२०) सम्म  हुने चौथो युरेसियन महिला फोरममा सहभागी हुने कार्यक्रम छ । उनले उक्त फोरममा सम्बोधन गर्नेछिन् ।

उपसभामुख राना असोज ५ गतेमा स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्