कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे बैठक बोलाइएको छ ।
नेकपा माओवादी केन्द्रले कार्कीलाई दिएको समर्थन फिर्ता लिएकोले उनले विश्वासको मत लिन लागेका हुन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै कोशीमा पनि कांग्रेस-एमालेको सरकार बनेको छ । माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । साउन ११ गते माओवादी कोशी सरकार छाडेको थियो ।
कार्कीको समर्थनमा नेकपा एमालेका ४০ र कांग्रेसका २९ सांसद् छन् । प्रदेशसभामा माओवादी केन्द्रका १३, राप्रपाका ६,नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद् छन् । गत वैशाख २७ गते कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । उनले पहिलोपटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए ।















