sevenstartv.com १ असोज २०८३, बिहिवार

ईपीएस कोरिया शाखाले उत्पादनमूलकतर्फको नतिजा निकाल्यो

५ असोज २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले उत्पादनमूलकतर्फको सीप परीक्षणको नतिजा सार्वजनिक गरेको छ ।

कोरियन भाषा (ईपीएस टोपिक २०२३ यूबीटी)को स्किल र कम्पिटेन्सी टेस्टको नतिजा प्रकाशित भएको हो ।

गएको भदौ १८ गतेदेखि २४ गतेसम्म भएको सीप परीक्षणमा आठ हजार नौ सय ३२ जना सहभागी भएकोमा आठ हजार एक सय ५१ जना उत्तीर्ण भएको ईपीएस शाखाले जनाएको छ । शाखाका अनुसार अब कोरिया जानेहरुको रोस्टर तयार गर्नुअघि पास हुनेको स्वास्थ्य परीक्षण हुनेछ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्