sevenstartv.com २१ साउन २०८३, बिहिवार

सरकार भएको देशमा पनि यस्तो हुन्छ : सांसद् केसी

१५ असोज २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद् चित्रबहादुर केसीले देशमा सरकार छ कि छैन भन्दै प्रश्न गरेका छन् । आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले काठमाडौंमा मात्रै बाढीबाट ३७ जनाको मृत्यु भएको, दुर्गम क्षेत्रमा त सरकार कसरी पुग्ला भन्दै प्रश्न गरेका हुन् । 

सांसद केसीले भने 'काठमाडौंमा  ४ घण्टा टिनको छानामाथि बस्दा पनि उद्धार हुन सकेन, यही हो मौका भनेर पोखराबाट प्लेनमा आउँदा त्रिपाल भाडा उठाइरहेको छ, सरकार भएको देशमा यस्तो हुन्छ ।'

बैठकका लागि आफू हिजो पोखराबाट प्लेनमा आउँदा बढी भाडा तिर्नुपरेको, १ बजे उड्ने भनेको प्लेन ३  बजे चढ्न पाएको  तर प्रधानमन्त्री विदेशबाट अवतरण गर्न लागेको भनेर एयरपोर्ट बन्द भएको सूचनापछि फेरी प्लेनबाट झर्नुपरेको उनले गुनासो गरे । प्रधानमन्त्री आउँदा विमानस्थल किन बन्द गर्नुपर्‍यो ? भन्दै केसीले प्रश्न गरे ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्