sevenstartv.com २४ साउन २०८३, आइतवार

एमालेलाई जग्गा दानविरुद्धको रिट न्यायाधीश सुवेदीको इजलासमा

८ कार्तिक २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई जग्गादान गरेको विषयमा सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदैछ । उक्त रिट न्यायाधीश नहकुल सुवेदीको इजलाशमा परेको छ । उक्त रिटको पेशी १२ औँ नम्बरमा छ ।

कीर्तिपुर नगरपालिकाको मैत्रीनगरमा १० रोपनी १४ आना जग्गामा दशैंको अष्टमीको दिन अर्थात् असोज २५ गते प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पत्तिले भवन शिलान्यास गरेका थिए । ज्ञानबहादुर बस्नेतसहितका रिट निवेदकले भाटभटेनी सुपर स्टोरका सञ्चालक गुरुङले दिएको जग्गाको स्रोत नखुलेकाले गैरकानुनी रूपमा पार्टीले लिन नमिल्ने तर्क गरेका छन् ।

‘एमाले पार्टीलाई दान गरेको जग्गाको मूल्य अहिलेको बजार भाउअनुसार एक अर्ब रूपैयाँभन्दा माथि रहेको बताइएको छ । यत्रो ठूलो धनराशि व्यवसायी गुरुङले कुन आस्वासन र के स्वार्थमा सत्ताको नेतृत्व गर्ने दल एमालेलाई दिनु भएको हो ?’ रिटमा प्रश्न गरिएको छ, ‘सबैले थाहा पाउनुपर्छ कि पर्दैन रु पारदर्शिता खोई रु दान गरिएको सम्पतिको स्रोत के हो रु सोको यकिन नहुँदासम्म उपहार दान वा सहयोग लिन नहुने कानुनी व्यवस्था राजनीतिक दलसम्बन्धी एन, २०७३ को दफा ३८ ले निषेध गरेको छ ।’

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्