sevenstartv.com २६ साउन २०८३, मङ्गलवार

'निजी क्षेत्रमा अख्तियार प्रवेश गरे कार्यवोझ बढ्छ'

१२ कार्तिक २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सांसद् दिलेन्द्रप्रसाद बडुले निजी क्षेत्रमा अख्तियार प्रवेश गरे कार्यवोझ थपिने भन्दै स्थानीय तहमा नै अख्तियारको कार्यवोझ बढेको बताएका छन्  ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा आज राज्य व्यवस्था समितिमा भएको छलफलमा सांसद् बडुले अख्तियारको कार्यक्षेत्र विस्तार तथा हदम्यादको विषय सरकारले ल्याए पनि ल्याउनुपर्ने अवस्थाबारे स्पष्ट नपारेको बताएका हुन् । 

‘निजी क्षेत्रलाई पनि अख्तियार मातहतमा ल्याउने कुरामा अन्तर्राष्ट्रिय  देखाउनुभयो, कहाँ कुन बुँदामा लेखेको छ ?’ बडुको सरकारलाई प्रश्न थियो ।   
बडुले भने, ‘प्रदेश सरकारमा पनि कार्यवोझ बढेको छ । त्यसकारण निजी क्षेत्रमा प्रवेश गर्दा किन आवश्यक पर्‍यो, स्पष्टीकरण चाहिन्छ । निजी क्षेत्र आतङ्कित छ, निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ ।’

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्