तीनवटै ठूला पार्टीले देशलाई बर्बाद बनाए : अध्यक्ष लिङदेन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले तीनवटै ठूला पार्टी भ्रष्ट भएको र उनीहरूले देशलाई बर्बाद बनाएको बताएका छन् ।
पार्टीको कीर्तिपुर नगर कमिटीले आज आयोजना गरेको कार्यक्रममा उनले ठूला दललाई उपनिर्वाचनमा मत दिएर देशलाई बर्बाद बनाउने काममा आफैँ सहभागी हुने काम कसैले पनि गर्न नहुने बताएका हुन् । आगामी उपनिर्वाचनमा आम मतदाताले कांग्रेस, एमाले र माओवादी केन्द्रलाई पराजित गर्नुपर्ने बताएका छन् ।
अध्यक्ष लिङदेनले भने, ‘राप्रपालाई भोट नदिएर त्यही कांग्रेस, एमाले र माओवादीलाई भोट दिनेरु देश यत्रो बर्बाद भयो । अनि यो बर्बादीमा आफैँ सहभागी हुने ? म फेरि पनि भन्छु-नेपालको राजनीतिमा राप्रपा बाहेक भ्रष्टाचारको विरोधी, सुशासनको पक्षधर पार्टी कुन छ ? भन्नुस् ।’
अध्यक्ष लिङदेनले आफ्नो पार्टीले जितेका स्थानीय तहले नमूनायोग्य काम गरेको भन्दै उपनिर्वाचनमा जनताले साथ दिने विश्वास व्यक्त गरेका छन् ।







-52.jpg)











