विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दै
काठमाडौं । राष्ट्रियसभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान साढे ११ बजे समितिको सभाकक्षमा बस्ने छ ।
बैठकमा नेपालमा उत्पादित सुपारी निर्यातबारे छलफल गर्ने कार्यसूची छ। नेपालमा कति सुपारी उत्पादन र खपत हुन्छ भन्ने यकिन तथ्यांक सरकारसँग नभए पनि स्वदेशी उत्पादनले माग धान्ने अवस्था छैन ।
देशको उत्पादनले यहीँकै उद्योगलाई नपुग्ने अवस्थामा सुपारी निर्यातमा संसदीय समितिमा हुने छलफललाई लिएर विभिन्न आशंका हुने गरेको छ।









-52.jpg)








-52.jpg)