sevenstartv.com २५ साउन २०८३, सोमवार

सरकारले वैद्यखाना सञ्चालन गर्न नसके काठमाडौं महानगरपालिकालाई दिन मेयर साहकाे आग्रह

१४ कार्तिक २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सरकारले सिंहदरबार वैद्यखाना सञ्चालन गर्न नसके काठमाडौं महानगरपालिकालाई दिन आग्रह गरेका छन् । आज सिंहदरबार वैद्यखानाको ३०औँ वार्षिकोत्सव समारोहमा उनले यस्ताे बताएका हुन् । सिंहदरबार वैद्यखाना सरकारले पूर्णरुपमा सञ्चालन गर्ने जिम्मेवारी लिनुपर्ने बताएका हुन् । उनले बिक्री हुने कुरा घाटामा जान नसक्ने भन्दै औषधि उत्पादन बढाएर अर्थतन्त्रमा टेवा पुर्‍याउन सकिने बताएका छन् ।

मेयर साहले देश किन डुब्यो भन्ने कुराको जानकारी पाउन सिंहदरबार वैद्यखाना आएर हेर्दा स्पष्ट हुने बताए । सरकारी ९० प्रतिशत उद्योगहरु लिजमा दिएर बेचिने गरेको उनको भनाइ छ । उनले लिजमा दिन नसके निजी संस्थाको प्रभाव र दबाबमा आएर सरकारी उद्योगहरुलाई डुबाइने गरेको बताए । उनले ०५८/५९ सालमा यहाँको बजेट ५ करोड बजेट पाउने सिंहदरबार वैद्यखानाको अहिलेको बजेट १ करोड पनि नरहेको बताएका छन् ।

मेयर साहले भने, ‘यो देश किन डुबेको हो भन्दा अहिलेका साना विद्यार्थी, बाबुनानीहरु तथा अध्ययन गर्ने अभियन्ताहरु सबैले यो देश किन डुबेको भनेर हेर्न मन छ भने सिंहदरबार वैद्यखाना आएर हेरे हुन्छ । ठ्याक्कै थाहा हुन्छ, यो देश के कारणले डुब्छ ? यो देशमा के समस्या छरु दोष यो सरकारलाई मात्रै पनि दिनु हुँदैन । यहाँनेर सरकार परिवर्तन भएपिच्छे यहाँको एमडि चेन्ज हुन्छ । सिंहदरबार वैद्यखाना जोगाउन सकिँदैन, आयुर्वेदलाई जोगाउन सकिँदैन भने हाम्रो देश कसरी जोगाउन सकिन्छ। देश जोगाउन शुरुमा यस्तो ठाउँ जोगाउनुपर्‍यो नि । सिंहदरबार वैद्यखाना पनि उकासिनुपर्छ। औषधि उत्पादन हुनुपर्‍यो । औषधि उत्पादन गर्ने संस्था कसरी घाटामा जान्छ, यसले त बेच्छ त। बेच्ने चिज पनि कसरी घाटामा जान्छ । सरकारले गरिदिनुपर्‍यो। सरकारले वैद्यखाना सञ्चालन गर्न सक्दैन भने महानगरपालिकालाई दिनुपर्‍यो। महानगरपालिकाले सञ्चालन गर्छ ।’

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्